जोडिनुहोस
  • होमपेज
  • चीन अरुणाचलमा हुने जी २० शिखर सम्मेलनमा सहभागी हुन सक्ने सम्भावना

चीन अरुणाचलमा हुने जी २० शिखर सम्मेलनमा सहभागी हुन सक्ने सम्भावना

इटानगर— अरुणाचल प्रदेशको राजधानी इटानगरमा मार्च २४ देखि २५ सम्म हुने जी–२० शिखर सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ ।

चीन जी–२० शिखर सम्मेलनमा भाग लिने वा नगर्ने अन्योलमा छ । पछिल्लो समय भारत र चीन पूर्वी लद्दाखमा ३१ महिना भन्दा बढी समयदेखि लामो सीमा विवादमा जारी रहेको छन्। जुन २०२० मा पूर्वी लद्दाखको गलवान उपत्यकामा भएको घातक झडपपछि द्विपक्षीय सम्बन्ध दरार आएको थियो ।

भारतले सीमा क्षेत्रमा शान्ति नभएसम्म सम्बन्ध सामान्य हुन नसक्ने बताउँदै आएको छ । परराष्ट्र मन्त्रालयका अनुसार दुवै देशबीच कूटनीतिक र सैन्य माध्यमबाट छलफल भइरहेको छ । दुवै पक्षले सामान्य स्थितिमा फर्कन र सीमामा तनाव कम गर्ने र सम्बन्ध सुधारमा ध्यान केन्द्रित गरिरहेको मन्त्रालयले जनाएको छ।

अरुणाचल प्रदेशको तवाङ सेक्टरको याङ्त्सेमा दुवै पक्षका सेनाबीच झडप भएपछि भारत र चीनबीच तनाव बढेको छ । पछिल्लो पटक चीनका विदेश मन्त्री ग्याङले नयाँ दिल्लीमा मा भएको जी–२० विदेश मन्त्रीहरूको बैठकमा भाग लिएका थिए। त्यसैले चीनले शिखर सम्मेलनमा आफ्नो प्रतिनिधि पठाउन सक्ने स्रोतको तर्क छ ।

जी–२० मा अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटाली, जापान, कोरिया गणतन्त्र, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, टर्की, बेलायत, संयुक्त राज्य अमेरिका, र युरोपेली संघ रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका