जोडिनुहोस
  • होमपेज
  • थ्री नेसन्स कपको प्रमुख अतिथिमा प्रधानमन्त्री दाहाल

थ्री नेसन्स कपको प्रमुख अतिथिमा प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री थ्री नेसन्स कप विजेतालाई प्रधानमन्त्री पुष्पकमल दाहालले पुरस्कार वितरण गर्ने भएका छन् । बुधबार हुने प्रतियोगिताको समापन समारोहमा प्रधानमन्त्रीको उपस्थिति हुने पक्का भएको हो ।

राष्ट्रिय खेलकुद परिषद्का (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङ, एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का र महासचिव किरण राईसहितको प्रतिनिधिमण्डल प्रधानमन्त्री निवास बालुवाटारमा समापन समारोहको निमन्त्रणा लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेको थियो ।

प्रधानमन्त्री दाहालले समापन समारोहमा सहभागी हुन र विजेताहरूलाई पुरस्कार र मेडल वितरण गर्न आउने बताएका हुन् । दशरथ रङ्गशालामा आज (बुधबार) देखि सुरु हुने प्रधानमन्त्री थ्री नेसन्स कप प्रतियोगितामा नेपाल, भुटान र लाओसको सहभागिता रहेको छ ।

प्रतियोगिताको उद्घाटन सत्रको राखेपका सदस्य–सचिव घिसिङले उद्घाटन गर्नेछन् । दशरथ रङ्गशालामा आज साँझ ६ बजे उद्घाटन खेलमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका