जोडिनुहोस
  • होमपेज
  • नेपालको एकदिवसीय वरीयतामा सुधार

नेपालको एकदिवसीय वरीयतामा सुधार

काठमाडौं । नेपालले एकदिवसीय अन्तराष्ट्रिय वरीयतामा सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ ।

नयाँ वरीयतामा नेपाल १५ औं स्थानमा उक्लिएको छ । यस अघि नेपाल १६ औं स्थानमा रहेको थियो । ओमानलाई पछि पार्दै नेपाल १५ औं स्थानमा उक्लिएको हो ।

नेपाल भन्दा पछाडी ओमान,नामिबिया,अमेरिका,युएई र पपुवा न्युगिनी रहेका छन् । एसोसियट राष्ट्र तर्फ स्कटल्यान्ड शीर्ष स्थानमा कायमै रहेको छ । स्कटल्यान्ड १२ औं स्थानमा कायमै रहेको छ ।

एसोसियट राष्ट्रमा नेपाल भन्दा अगाडी नेदरल्यान्ड्स र स्कटल्यान्ड रहेका छन् ।

भारत वरीयताको शीर्ष स्थानमा रहँदा अष्ट्रेलिया दोस्रो, न्युजिल्यान्ड तेस्रो र इंग्ल्यान्ड चौथो स्थानमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका