जोडिनुहोस
  • होमपेज
  • आयात–निर्यात दुवै घट्यो, १० खर्बको आयात हुँदा १ खर्बको निर्यात

आयात–निर्यात दुवै घट्यो, १० खर्बको आयात हुँदा १ खर्बको निर्यात

काठमाडौँ । चालू आर्थिक वर्ष २०७९/८० को ८ महिनाको अवधिमा नेपालले १० खर्ब ५८ अर्ब ८५ करोड रुपैयाँको आयात गरेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि फागुनसम्मको अवधिमा उक्त मूल्य बराबरको वस्तु आयात गरेको हो ।

गत आर्थिक वर्षको यहि अवधिमा नेपालमा १३ खर्ब ८ अर्ब रुपैयाँको आयात भएको थियो । यो चालू आर्थिक वर्षको यही अवधिको तुलनामा १९.१३ प्रतिशतले कम हो । यस्तै, यस अवधिमा नेपालबाट १ खर्ब ४ अर्ब रुपैयाँको निर्यात भएको छ । गत आर्थिक वर्षको यही अवधिमा १ खर्ब ४७ अर्ब रुपैयाँको निर्यात भएको थियो । जुन, चालू आर्थिक वर्षको तुलनामा २९.०७ प्रतिशतले बढी हो ।

नेपालको आयात र निर्यात नै घटेपछि वैदेशिक व्यापार घाटा पनि घटेको छ । ८ महिनाको अवधिमा नेपालको वैदेशिक व्यापार १७ प्रतिशतले खुम्चिएको छ । यस अवधिमा नेपालको वैदेशिक व्यापार घाटा ९ खर्ब ५३ अर्ब रुपैयाँ छ । जुन, गत आर्थिक वर्षको यही अवधिमा ११ खर्ब ६० अर्ब रुपैयाँ थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका