जोडिनुहोस
  • होमपेज
  • देशको अवस्था देखेर तन्नेरीहरु आत्तिएः गगन थापा

देशको अवस्था देखेर तन्नेरीहरु आत्तिएः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशमा तन्नेरी पुस्ता अहिले सबैभन्दा धेरै आत्तिएको अवस्थामा रहेको बताएका छन् ।

बिहीबार सामुदायिक रेडियो प्रशारक संघको १७ औँ साधारणसभामा बोल्दमहामन्त्री थापाले युवाहरूले देशमा केही हुँदैछ, देशमै राम्रो भविष्य छ भनेर विश्वास गर्न नसकिरहेकोप्रति चिन्ता व्यक्त गरे ।

उनले भने, ‘मैले यति धेरै तन्नेरीहरू आत्तिएको कहिल्यै पनि देखेको थिएन । हाम्रो देशमा आज तन्नेरीहरू कोही पनि देशमै राम्रो हुन्छ भनेर विश्वास गर्न सकिरहेको छैन, सबै भाग्न मात्रै चाहन्छन्,’ उनले भने । नेता थापाले सरकारले युवा पुस्तामा आशाको सञ्चार गर्न समयको महत्त्वलाई बुझ्नुपर्ने आवश्यकता रहेको बताए ।

‘हजोभन्दा आज, आजभन्दा भोलि राम्रो हुँदैछ भनेर कसैले आश गर्न सकिरहेको छैन । मान्छेले राजनीतिक दाउपेचका समाचार सुनेर खुसी हुने अवस्था छैन । वास्तवमा अवस्था त्यति धेरै बिग्रिएको पनि होइन, त्यसैले मान्छेले घरमा सुत्दै गर्दा देशमा केही न केही त राम्रो हुँदैछ भनेर आशा राखेर सुत्न पाउने अवस्था बनाउन सामुदायिक रेडियोहरूको भूमिका होस्,’ उनले भने ।

उनले सरकारले हिजोभन्दा आज राम्रो हुँदैछ भनेर नागरिकमा आशाको सञ्चार गर्न सक्नुपर्ने बताए । ‘वास्तवमा अहिले तन्नेरीहरू आत्तिनुपर्ने बेला होइन, डराउनुपर्ने, आत्तिनुपर्ने प्रधानमन्त्रीले हो, सरकारले हो,’ उनले भने, ‘वास्तवमा यो प्रधानमन्त्री डराउने बेला हो । मैले त प्रधानमन्त्रीजीलाई भनेको पनि छु कि तपाईंहरू केही समय लिएर सोच्नुहोस्, वरिपरिको गणित मात्रै हेर्नुभयो भने सिंगै देश डराउनुपर्ने स्थिति हुन्छ । तर बेलैमा डराइदिनुभयो भने नागरिकको डर भाग्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका