जोडिनुहोस
  • होमपेज
  • स्ववियु निर्वाचन : ६२ मध्ये ४४ आङ्गिक क्याम्पसको नतिजा सार्वजनिक

स्ववियु निर्वाचन : ६२ मध्ये ४४ आङ्गिक क्याम्पसको नतिजा सार्वजनिक

काठमाडौं— त्रिभुवन विश्वविद्यालय ९त्रिवि०मा यही चैत ५ गते भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा ४४ आङ्गिक क्याम्पसको नतिजा सार्वजनिक भइसकेको छ ।

देशभर ६२ आङ्गिक क्याम्पसमध्ये ४४ वटाको नतिजा सार्वजनिक भएको हो । अझै १३ आङ्गिक क्याम्पसमा निर्वाचन हुन बाँकी रहेको छ ।

त्रिविबाट प्राप्त विवरणअनुसार अनेरास्ववियु १९, नेपाल विद्यार्थी सङ्घ ९नेविसङ्घ०ले १८, अखिल ९क्रान्तिकारी० चार, समाजवादी विद्यार्थी युनियन दुई र विद्यार्थी जनमत सङ्घले एक क्याम्पसमा विजयी प्राप्त गरेका छन् ।

अन्य क्याम्पसको विवरण प्राप्त भइरहेको त्रिविले जनाएको छ ।

त्रिविले पुनः निर्वाचन गर्न निर्देशन दिएपछि केही क्याम्पसमा चुनावी प्रक्रिया सुरु भएको छ ।

चैत १२ गते पोखरा वन क्याम्पस, चैत १७ गते आयुर्वेद क्याम्पसमा र कृषि क्याम्पस चितवन र चैत १८ गते धवलागिरि बहुमुखी क्याम्पस बागलुङले निर्वाचन गर्ने गरी निर्वाचन प्रक्रिया सुरु गरेका हुन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका