जोडिनुहोस
  • होमपेज
  • केनको कीर्तिमान, इंग्ल्यान्डले इटालीलाई हरायो

केनको कीर्तिमान, इंग्ल्यान्डले इटालीलाई हरायो

काठमाडौं । युरोकप छनोटमा इंग्ल्यान्डले इटालीलाई पराजित गरेको छ । बिहीबार राति भएको खेलमा इंग्ल्यान्डले इटालीलाई २-१ गोल अन्तरले हराएको हो ।

खेलको १३ औं मिनेटमा डिक्लेन राइसले गोल गर्दै इंग्ल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ४४ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दा इंग्ल्यान्ड २-० ले अघि रह्यो । यस गोलसँगै केन इंग्ल्यान्डका लागि सर्वाधिक धेरै गोल गर्ने खेलाडी बनेका छन् ।

केनको यो ५४ औं गोल हो । उनले पूर्व फरवार्ड वायन रोनीको नाममा ५३ गोलको कीर्तिमान तोडेका हुन् ।

त्यसपछि खेलको ५६ औं मिनेटमा इटालीका माटियो रेटेगुईले गोल गरेपनि इंग्ल्यान्ड २-१ ले विजयी भयो ।

यस्तै खेलको ८० औं मिनेटमा लुक शले रातो कार्ड पाएपछि इंग्ल्यान्ड १० खेलाडीमा समेटिएको थियो ।

इंग्ल्यान्डले इटालीलाई सन् १९६१ पछि पहिलो पटक हराएको हो । यस जितसँगै छनोटको समूह ‘सी’ मा रहेको इंग्ल्यान्डले ३ अंक जोडेको छ ।

इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका