जोडिनुहोस
  • होमपेज
  • मिटरव्याजी पीडीतको समस्या समाधान गर्न सरकार तयार

मिटरव्याजी पीडीतको समस्या समाधान गर्न सरकार तयार

काठमाडौं । मिटरब्याजी विरुद्ध आन्दोलनमा रहेका किसानहरुको समस्या समाधान गर्न सरकारले पहल सुरु गरेको छ ।

महोत्तरीको बर्दिवासदेखि काठमाडौंसम्मको यात्रामा निस्किएका मिटरब्याजी पीडित किसानहरुका समस्या समाधान गर्न र घर फर्किन गृहसचिव मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएको प्रेस संयोजक सूर्यकिरण शर्माले बताए ।

प्रधानमन्त्रीको निर्देशनअनुसार मकवानपुरका सीडीओ राजेन्द्रदेव पाण्डेले किसानसँग छलफल गरी सरकार कानून बनाउने काममा लागेको र मिटरब्याजीका विरुद्ध सरकारले मुद्दा चलाइरहेको भन्दै घर फर्किन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको उनले बताए । पीडित किसानले भने कानून नबन्दासम्म नफर्कने अडान राखेका छन् ।

पीडित किसानको समस्या समाधान गर्न गृहमन्त्रालयले कानून बनाउनका निम्ति कानूनको मस्यौदा बनाएर कानून मन्त्रालयमा पठाइसकेको प्रेस संयोजक शर्माको भनाई छ ।

‘आजमात्रै पनि प्रधानमन्त्रीले कानून सचिवलाई कानूनलाई प्रस्तावको रूपमा आज अपरान्ह बस्ने मन्त्रिपरिषद् ल्याउन र संसदमा दर्ता गर्न भनिसक्नुभएको छ । र आजभोलि नै त्यो कानून संसदमा दर्ता हुन जान्छ । प्रधानमन्त्री मिटरब्याजी पीडित किसानहरुको समस्या समाधान गर्न गम्भीर हुनुहुन्छ,’ शर्माले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका