जोडिनुहोस
  • होमपेज
  • नेपालमा ३३.१ प्रतिशत व्यक्ति अविवाहित

नेपालमा ३३.१ प्रतिशत व्यक्ति अविवाहित

नेपालमा १० वर्ष वा सो भन्दा बढी उमेरका कुल जनसंख्याको ३३.१ प्रतिशत व्यक्तिहरू अविवाहित रहेका छन् जसमा पुरूष ३८.२ प्रतिशत र महिला २८.४ प्रतिशत छन् ।

त्यस्तै १० वर्ष वा सो भन्दा बढी उमेरका व्यक्तिहरू मध्ये ६१.८ प्रतिशत हाल विवाहित अवस्थामा छन् । हाल विवाहित पुरूष र महिलाहरू उनीहरूको कुल जनसंख्याको क्रमशः ५९.१ र ६४.३ प्रतिशत रहेका छन् ।

राष्ट्रिय जनगणना २०७८ को नतिजाले धेरैजसो व्यक्तिहरू (३४.४ प्रतिशत) को पहिलो विवाह १८ देखि २० वर्षको उमेरमा भएको देखाएको छ ।

दोस्रोमा १५ देखि १७ वर्षको उमेरमा पहिलो विवाह हुने व्यक्तिहरू २२.३ प्रतिशत छन् । दश वर्षमुनीको उमेरमा पहिलो विवाह भएका व्यक्तिहरू ०.३ प्रतिशत छन् ।

यसैगरी १०–१४ वर्ष उमेरमा पहिलो विवाह हुनेहरू ७ प्रतिशत रहेका छन् । समग्रमा पहिलो विवाह गर्दाको औषत उमेर १९ वर्ष हुन आउँछ, जसमा पुरूषको २१ वर्ष र महिलाको १८ वर्ष रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका