जोडिनुहोस
  • होमपेज
  • सबै भन्दा धेरै जनसंख्या भएको जिल्ला काठमाडौ, कम जनसंख्या भएको मनाङ

सबै भन्दा धेरै जनसंख्या भएको जिल्ला काठमाडौ, कम जनसंख्या भएको मनाङ

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय जनगणना २०७८ को सार्वजनिक तथ्याङ्क अनुसार देशका ७७ जिल्लाहरुमध्ये सबैभन्दा बढी जनसंख्या भएको जिल्ला काठमाडौं रहेको छ ।

हाल यस जिल्लाको जनसंख्या २०,४१,५८७ जना रहेको छ । यस्तै सबैभन्दा कम जनसंख्या भएको जिल्ला मनाङ हो । सार्वजनिक तथ्याङ्क अनुसार मनाङको हालको जनसंख्यमा ५,६५८ जना रहेको छ । मोरङ, रूपन्देही, झापा र सुनसरी जिल्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौ धेरै जनसंख्या भएका जिल्लाहरु हुन् ।

कम जनसंख्या भएका जिल्लातर्फ मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा परेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका