जोडिनुहोस
  • होमपेज
  • युरोकप छनोट : स्पेनको सहज जित

खेलकुद

युरोकप छनोट : स्पेनको सहज जित

  • Sagarmatha TV
  • आइतवार, चैत्र १२, २०७९
युरोकप छनोट : स्पेनको सहज जित

काठमाडौं । युरोकप छनोटमा स्पेनले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा स्पेनले नर्वेलाई ३-० गोल अन्तरले हराएको हो ।

स्पेनको जितमा डेब्यु खेलाडी जोसेलुले दुई गोल गरे । डानी ओल्मोले एक गोल थपे । खेलको १३ औं मिनेटमा ओल्मोले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा जोसेलुले दुई मिनेट भित्र दुई गोल गरे । ८४ औं मिनेटमा जोसेलुले गोल गर्दै स्पेनलाई २-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ८५ औं मिनेटमा जोसेलुले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई ३-० को जित दिलाए ।

जोसेलुले डेब्यु खेलमै दुई गोल गरेका हुन् । यस जितसँगै स्पेनले पहिलो खेलमै ३ अंक जोडेको छ ।

समूह ए मा स्पेन दोस्रो स्थानमा रहेको छ । नर्वेले हारबाट छनोटको सुरुआत गरेको छ ।

यस समूहको अर्को खेलमा स्कटल्याण्डले साइप्रसलाई ३-० ले नै हराएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?