जोडिनुहोस
  • होमपेज
  • मैत्रीपूर्ण खेलमा ब्राजिल मोरक्कोसँग पराजित

मैत्रीपूर्ण खेलमा ब्राजिल मोरक्कोसँग पराजित

काठमाडौं । फिफा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिल पराजित भएको छ । आइतबार भएको खेलमा ब्राजिललाई मोरक्कोले २-१ गोल अन्तरले हराएको हो ।

मोरक्कोको जितमा सोफिआने बोउफल र अब्देलहामिद साबिरीले एक एक गोल गरे । ब्राजिलका कप्तान कासिमिरोले एक गोल फर्काए ।

खेलको २९ औं मिनेटमा सोफिआनेले गोल गर्दै मोरक्कोलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ६७ औं मिनेटमा कासिमिरोले गोल गर्दै ब्राजिललाई १-१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ७९ औं मिनेटमा अब्देलहामिद साबिरीले गोल गर्दै मोरक्कोलाई २-१ को जित दिलाए ।

यस जितसँगै मोरक्कोले पहिलो पटक ब्राजिलमाथि जित निकाल्न सफल भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका