जोडिनुहोस
  • होमपेज
  • सगरमाथा जलविद्युत कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सगरमाथा जलविद्युत कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ । सगरमाथा जलविद्युत् कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । आज कार्यालय समयभित्र यस आईपीओमा आवेदन दिनुपर्ने हुन्छ ।

यस कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशत अर्थात् ४३ करोड ६८ लाख रुपैयाँ बराबरको ४३ लाख ६८ हजार कित्ता साधारण सेयर सर्वसाधारणलाई छुट्टाएको छ । यसमध्ये १० प्रतिशत ४ लाख ३६ हजार ८ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

यस्तै, कम्पनीले सामूहिक लगानी कोषहरूको लागि ५ प्रतिशत अर्थात २ लाख १८ हजार ४०० कित्ता सेयर र कर्मचारीहरूका लागि ३ प्रतिशत १ लाख ३१ हजार ४० कित्ता सेयर सुरक्षित गरेको छ ।

बाँकी ३५ लाख ८१ हजार ७६० कित्ता सेयर चैत ८ गतेदेखि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ ।

क्रेडिट रटिङ संस्था इक्रा नेपालले सगरमाथा जलविद्युतलाई ‘इक्रा एनपी आइ आर ट्रिपल बी माइनस’ रटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमता मध्यम स्तरको भएको जनाउँछ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका