जोडिनुहोस
  • होमपेज
  • बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेको अध्यक्षमा हर्क बहादुर गुरुङ निर्वाचित

बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेको अध्यक्षमा हर्क बहादुर गुरुङ निर्वाचित

बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेको अध्यक्षमा हर्क बहादुर गुरुङ निर्विरोध निर्वाचित हुनुभएको छ । गत फेब्रुअरि २६ मा लण्डनको अल्डरसटस्थित बीसीसी यूके गुम्बामा सम्पन्न १६ औं साधारणसभा तथा पाँचौ अधिवेशनले गुरुङको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

यसअघि दुई कार्यकाल उपाध्यक्षको भूमिकामा रहेका गुरुङ प्रोजेक्ट मेनेजरका रुपमा लामो समयदेखि जिम्मेवारीमा हुनुहुन्थ्यो । नेपालीहरुको बाक्लो बसोबास रहेको अल्डरसटमा प्रोपर्टी इन्भेष्टरको रुपमा परिचित गुरुङ विभिन्न संघसंस्था पनि आवद्ध हुनुहुन्छ ।

अत्यन्त सरल स्वभावका गुरुङ भूतपूर्व गोर्खा पनि हुनुहुन्छ । उहाँको दुई छोरा र एक छोरी हुनुहुन्छ । जेठा छोरा अनिज गुरुङ जेठी बुहारी सुमन गुरुङ, कान्छा छोरा अजित गुरुङ कान्छी बुहारी मीता गुरुङ र छोरी स्विटी गुरुङ हुनुहुन्छ ।

उक्त अधिवेशनमा नवनिर्वाचित कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई बीसीसी यूकेका धर्म गुरुङ टुल्कु जिग्मे सामतेन रिन्पोछेले पद तथा गोपनियताको सपथ गराउनु भएको थियो ।

कार्यक्रममा निवर्तमान चौंथो कार्यसमितिका अध्यक्ष धर्म तामाङले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्दै नयाँ कार्यसमितिलाई बधाई दिनुभएको थियो ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष हर्क गुरुङले आफूलाई पाँचौं कार्यसमितिको जिम्मेवारी प्रदान गरेकोमा धन्यवाद दिँदै सबैको साथ, सहयोग, सल्लाह र सुझावका साथ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका