जोडिनुहोस
  • होमपेज
  • आन्ध्र प्रदेशमा मार्च २८ देखि जी–२० सम्मेलन हुँदै, सजावटका लागि मात्र खर्च गरियो १५७ करोड

आन्ध्र प्रदेशमा मार्च २८ देखि जी–२० सम्मेलन हुँदै, सजावटका लागि मात्र खर्च गरियो १५७ करोड

विशाखापट्टनम—भारतको विशाखापट्टनममा मार्च २८ बाट हुने जी–२० शिखर सम्मेलनको लागि तयारी लगभग पूरा भएको छ । जी–२० सम्मेलनको तयारीका लागि मात्र रु १५७ करोड खर्च भइसकेको जिल्ला इन्चार्ज तथा स्वास्थ्य, परिवार कल्याण तथा चिकित्सा शिक्षामन्त्री विदुदला रजनीले जानकारी दिइन् ।

ग्लोबल इन्भेष्टर्स समिटको आयोजना गरिसकेपछि, विशाखापट्टनम जी–२० सम्मेलनको आयोजना गर्ने भएको छ । सम्मेलनमा विभिन्न देशका दुई सय प्रतिनिधि आउने भएकाले आवश्यक यातायात, आवास र सुरक्षा व्यवस्था पूरा गरिसकेको बताइएको छ ।

सम्मेलनको व्यवस्था अन्तर्गत विदेशी प्रतिनिधिले भ्रमण गरेका क्षेत्रमा पूर्वाधार निर्माण गरी ४६ किलोमिटर बीटी सडकको काम, २४ किलोमिटर पेन्टिङको काम र १० किलोमिटर फुटपाथ निर्माणको काम स्थायी रुपमा सम्पन्न भएको छ ।सम्मेलनमा जी–२० का सदस्य राष्ट्र र युरोपेली संघका देशहरू पनि सहभागी हुने भएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका