जोडिनुहोस
  • होमपेज
  • आजदेखि नेपाली र अमेरिकी सेनाबीच ‘ल्यान्ड फोर्स टक’ हुँदै

आजदेखि नेपाली र अमेरिकी सेनाबीच ‘ल्यान्ड फोर्स टक’ हुँदै

काठमाडौं– नेपाल र अमेरिकाका सेनाबीच आजदेखि ल्यान्ड फोर्स टकु (एलएफटी) हुने भएको छ । काठमाडौंमा हुने दुई देशका स्थल सेनाबीचको संवाद तीन दिनसम्म चल्नेछ ।

क्षमता अभिवृद्धिका लागि हुने संवादमा दुई देशका सेनाबीच सहकार्यका सम्बन्धमा छलफल हुनेछ ।

संवादमा शान्ति मिसन, मानवीय सहयोग र विपद् प्रतिकार्य, क्षमता र विज्ञता आदानप्रदानबारे छलफल हुने नेपाली सेनाले जनाएको छ ।

संवादका लागि २२ सदस्यीय अमेरिकी टोली शनिबार नै काठमाडौं आइसकेको छ । नेपालका तर्फबाट परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका अधिकारीसहित सेनाका रथी र अधिकृत गरी १४ सदस्यीय टोली सहभागी हुनेछ ।

सन् २०१८ देखि नेपाली र अमरिकी सेनाबीच ‘ल्यान्ड फोर्स टक’ हुँदै आएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका