जोडिनुहोस
  • होमपेज
  • बल्खु खोलामा नवजात शिशुको शव फेला

बल्खु खोलामा नवजात शिशुको शव फेला

काठमाडौं— काठमाडौंको कलंकीस्थित मालपोत कार्यालयअगाडि बल्खु खोलामा भर्खरै जन्मिएको शिशुको शव भेटिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका सहायक प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टले बल्खु खोलामा नवजात शिशु (बालिका) को शव फेला परेको र उक्त विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।

उनका अनुसार स्थानीयले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव कसले र किन फालेको भन्नेबारे नखुलेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका