जोडिनुहोस
  • होमपेज
  • इंग्ल्यान्डले युक्रेनलाई हरायो

इंग्ल्यान्डले युक्रेनलाई हरायो

काठमाडौं । युरोकप छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा इंग्ल्यान्डले युक्रेनलाई हराएको छ ।

आइतबार राति वेम्बलीमा इंग्ल्यान्डले युक्रेनलाई २-० गोल अन्तरले हराएको हो ।इंग्ल्यान्डको जितमा ह्यारी केन र बुकायो साकाले एक एक गोल गरे ।

खेलको ३७ औं मिनेटमा केनले गोल गर्दै इंग्ल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ४० औं मिनेटमा साकाले गोल गर्दै इंग्ल्यान्डलाई २-० को जित दिलाए ।

छनोटमा इंग्ल्यान्डको यो लगातार दोस्रो जित हो । जितसँगै इंग्ल्यान्डले २ खेलमा ६ अंक जोडेको छ ।

इंग्ल्यान्ड समूह सी को शीर्ष स्थानमा रहेको छ । युक्रेनले हारबाट छनोटको सुरुआत गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका