जोडिनुहोस
  • होमपेज
  • स्मार्ट टेलिकमको सेवा अवरुद्ध

सूचना-प्रबिधि

स्मार्ट टेलिकमको सेवा अवरुद्ध

  • Sagarmatha TV
  • सोमवार, चैत्र १३, २०७९
स्मार्ट टेलिकमको सेवा अवरुद्ध

काठमाडौं— स्मार्ट टेलिकमले देशका विभिन्न ठाउँमा आफ्नो सेवा बन्द गरेको छ । देशको तेस्रो ठूलो मोवाइल सेवा प्रदायक स्मार्टले अघोषित रुपमा सेवा अवरुद्ध गरेको हाे ।

कम्पनीले आधिकारिक रुपमा कुनै जानकारी नदिए पनि स्मार्ट टेलिकमका ग्राहकले सेवा बन्द भएको छ । लामो समयदेखि काठमाडौँ उपत्यकाकै विभिन्न क्षेत्रमा स्मार्ट टेलिकमको नेटवर्क आउन छोडेको छ । केही हप्तादेखि काठमाडौँकाे चुनिखेल, कपन क्षेत्रमा स्मार्टको नेटवर्क देखिन छोडेको छ ।

कम्पनीको ग्राहक सेवा केन्द्रले भने देशका विभिन्न ठाउँमा कम्पनीको नेटवर्कमा प्राविधिक समस्या आएको जनाएका छन् ।

उता नियामक नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमको नेटवर्क चल्न छोडेको कुरा अनौपचारिक रुपमा जानकारीमा रहेको बताएको छ ।

यस अघि एक अर्ब रुपैयाँ समेत तिर्न नसकेको स्मार्ट टेलिकमले बक्यौतासहित करिब ३० अर्ब रुपैयाँ बुझाएर अनुमतिपत्र नवीकरण गर्ने सम्भावना नरहेको प्राधिकरणका अधिकारीहरू बताउँछन् ।

बक्यौता बुझाउन नसकेका कारण सरकारी नियन्त्रणमा जाने अवस्थामा पुगेकै कारण कम्पनीले सेवा सञ्चालनमा ध्यान नदिएको हुनसक्ने नियामकको बुझाई छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका