जोडिनुहोस
  • होमपेज
  • बैशाख पहिलो साता भारत भ्रमणमा जाँदै प्रधानमन्त्री

बैशाख पहिलो साता भारत भ्रमणमा जाँदै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाने भएका छन् । उनी बैशाख पहिलो साता भारतको राजकीय भ्रमणमा जान लागेको स्रोतले बतायो ।

प्रधानमन्त्रीको भारत भ्रमणका लागि परराष्ट्र मन्त्रालयले आन्तरिक गृहकार्य गरिरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताए । प्रधामन्त्री नियुक्त भएपछि प्रचण्ड पहिलोपटक विदेश भ्रमणमा निस्किन लागेका हुन् ।

यद्यपी भ्रमणको मिति भने तय भइसकेको छैन । भ्रमणका क्रममा प्रधानमन्त्रीले भारतमा उठाउनुपर्ने एजेन्डाबारे सरोकारवाला मन्त्रालयहरूसँग परराष्ट्रले समन्वय थालेको प्रवक्ता लम्सालले बताए ।

प्रधानमन्त्री भएलगत्तै प्रचण्डले आफु भारत भ्रमणमा जाने बताएका थिए । तर, मन्त्रिपरिषद विस्तार, सभामुख, राष्ट्रपति निर्वाचन लगायत आन्तरिक व्यस्तताका कारण हालसम्म उनको भारत भ्रमण हुन सकेको छैन ।

प्रचण्डलाई भारतीय विदेशसचिव विनयमोहन क्वात्राले टेलिफोन गरेर बधाई दिँदै भारत भ्रमणका लागि प्रस्ताव गरेका थिए । त्यसअघि प्रचण्डले ३१ असारमा माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्रीको हैसियतमा भारतको औपचारिक भ्रमण गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका