जोडिनुहोस
  • होमपेज
  • अफगानिस्तानको परराष्ट्र मन्त्रालय नजिक आत्मघाती आक्रमण, ६ जनाको मृत्यु

अफगानिस्तानको परराष्ट्र मन्त्रालय नजिक आत्मघाती आक्रमण, ६ जनाको मृत्यु

काठमाडौँ । अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती विस्फोटमा परी कम्तीमा छ जनाको मृत्यु भएको छ ।

काबुलका प्रहरी अधिकारीहरूले उक्त विस्फोट परराष्ट्र मन्त्रालय नजिक भएको बताएका छन् । मारिने सबै सर्वसाधारण सर्वसाधारण रहेको प्रहरी अधिकारीहरुले जनाएका छन् । विष्फोटमा १२ जना घाइते भएको उनले बताए ।

विस्फोट भएको क्षेत्रमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् । अफगानिस्तान सरकारका धेरै कार्यालय र विदेशी राजदुताबासका कार्यालय यस क्षेत्रमा रहेका छन् ।

आक्रमणको पछाडि कुन संगठनको हात रहेको भन्ने अझै स्पष्ट भइसकेको छैन । स्थानीय सञ्चारमाध्यमले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै विस्फोटको आवाज निकै ठूलो भएको बताएका छन् । जनवरी महिनामा अफगानिस्तानको विदेश मन्त्रालयमा पनि विस्फोट भएको थियो । यसमा धेरैको ज्यान गएको थियो ।

जनवरीमा भएको विस्फोटको जिम्मेवारी आइएसआईएसले लिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका