जोडिनुहोस
  • होमपेज
  • १० वर्षमा आगलागीका घटना तेब्बर

१० वर्षमा आगलागीका घटना तेब्बर

काठमाडौं । पछिल्लो समय आगलागीका घटना बढिरहेका छन् । सुक्खाका कारण वन डढेलो बढ्नु, आगलागी नियन्त्रणमा आधुनिक प्रविधिको अभाव, चेतनाको कमी, उद्धारमा ढिलाइलगाायत कारण आगलागीबाट मृत्यु हुनेको संख्या पनि बढ्दो छ ।

आगलागीका घटना बढ्दा वर्षेनी १ सयभन्दा बढीले ज्यान गुमाइरहेका छन् । राष्ट्रिय विपत् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको ९ वर्षको तथ्यांकअनुसार आगलागीका घटनाबाट सबैभन्दा बढी यस वर्ष मृत्यु भएको देखिन्छ ।

२०७० देखि २०७९ सम्मको तथ्यांक हेर्ने हो भने यस वर्ष सबैभन्दा बढी १०२ जनाले आगलागीका कारण ज्यान गुमाउनु गरेको छ ।

गत वैशाख १ गतेदेखि चैत पहिलो सातासम्म २६ सयभन्दा बढी आगलागीका घटना भएका छन् । यस अवधिमा आगलागीबाट ३१ सय १६ घरपरिवार प्रभावित बनेका छन् ।यो अवधिमा आगलागीका कारण करिब २ अर्ब ३० करोडको वित्तीय क्षति बेहोर्नुपरेको प्राधिकरणको तथ्यांक छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका