जोडिनुहोस
  • होमपेज
  • भारतको विशाखापट्टनममा आजबाट पूर्वाधार विज्ञ समूहको बैठक बस्दै

भारतको विशाखापट्टनममा आजबाट पूर्वाधार विज्ञ समूहको बैठक बस्दै

नयाँ दिल्ली—भारतको अध्यक्षतामा भईरहेको जी–२० सम्मेलन अन्र्तगत पूर्वाधार विज्ञ समूहको बैठक आजबाट आन्ध्र प्रदेशको विशाखापट्टनममा सुरु हुँदैछ । दुई दिनसम्म चल्ने यो सम्मेलनमा जी–२० सदस्य देशहरू, आमन्त्रित देशहरू र अन्तर्राष्ट्रिय संस्थाहरूका करिब ६३ प्रतिनिधिहरू सहभागी हुनेछन्।

यो बैठक, भारतीय राष्ट्रपतिको उपस्थितिमा पूर्वाधार विज्ञ समूहको एजेन्डामा छलफल हुनेछ। यस बैठकमा छलफल गरिने प्रमुख प्राथमिकता ‘भविष्यका सहरहरू’ तथा समावेशी, लचिलो र दिगो पूर्वाधार एजेन्डामा रहेका छन्

दुई दिने बैठकमा प्रतिनिधिहरुका लागि विभिन्न औपचारिक भेटघाट र सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । यो बैठक विशाखापट्टनमको स्टिल सिटीमा हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका