जोडिनुहोस
  • होमपेज
  • थ्री नेसन्स कप : नेपाल र भुटान भिड्दै

थ्री नेसन्स कप : नेपाल र भुटान भिड्दै

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपको दोस्रो खेलमा नेपालले आज मंगलबार भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले भुटानको सामना गर्नेछ । नेपाल र भुटानबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

नेपाल आज भुटानलाई हराउँदै फाइनल पुग्न चाहन्छ । पहिलो खेलमा नेपालले लाओसलाई २-० ले हराएको थियो ।

तीन राष्ट्र सहभागिता प्रतियोगितामा नेपाललाई फाइनल पुग्न बराबरीले समेत पुग्नेछ ।

भुटान पनि नेपाललाई हराउँदै फाइनल पुग्न चाहन्छ । पहिलो खेल भुटानलाई लाओसले २-१ ले हराएको थियो । भुटानलाई फाइनल पुग्न जित्नैपर्ने दबाब रहेको छ ।

नेपालले भुटानविरुद्ध हलसम १२ पटक खेलिसकेको छ । नेपालले भुटानविरुद्ध १२ खेलमा १२ जित हासिल गरेको छ।

सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् ।

नेपालले १ खेलमा ३ अंक जोडेको छ । लाओसको पनि ३ अंक रहेको छ । भुटानले अंक जोड्न सकेको छैन ।

प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर पाउने छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका