जोडिनुहोस
  • होमपेज
  • नेपाल र बंगलादेश आज भिड्दै

अन्तर्राष्ट्रिय

नेपाल र बंगलादेश आज भिड्दै

  • Sagarmatha TV
  • मङ्लबार, चैत्र १४, २०७९
नेपाल र बंगलादेश आज भिड्दै

काठमाडौं । साफ यू-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको चौंथो तथा आफ्नो अन्तिम खेलमा नेपालले आज मंगलबार आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपालले आयोजक टोलीको सामना गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

नेपाल आज बंगलादेशलाई हराएर प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ । नेपालले अघिल्ला तीन खेलमा दुई हार र एक जित निकालेको छ ।

नेपाल पहिलो खेलमा भारत र तेस्रो खेलमा रसियासँग पराजित भएको थियो । नेपालले दोस्रो खेलमा भुटानलाई हराएको थियो ।

नेपाल ३ खेलमा ३ अंक जोडेर चौंथो स्थानमा रहेको छ । बंगलादेश ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

बंगलादेशले भुटान र भारतलाई हराएको थियो । रसियासँग हार व्यहोरेको थियो ।

रसिया ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । भारत ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । अंक विहीन भुटान पुछारमा रहेको छ ।

प्रतियोगिताको अन्तिम खेलमा मंगलबार नै रसिया र भारतबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता रहेकोछ ।

राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका