जोडिनुहोस

खेलकुद

नेदरल्यान्ड्सको सहज जित

  • Sagarmatha TV
  • मङ्लबार, चैत्र १४, २०७९
नेदरल्यान्ड्सको सहज जित

काठमाडौं । युरोकप छनोटमा नेदरल्यान्ड्सले सहज जित निकालेको छ । सोमबार राति भएको खेलमा नेदरल्यान्ड्सले जिब्राल्टरलाई ३-० गोल अन्तरले हराएको हो ।

खेलको २३ औं मिनेटमा मेम्फिस डिपेले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ५० औं मिनेटमा नाथन एकेले गोल गर्दा नेदरल्यान्ड्स २-० ले अघि रह्यो ।

खेलको ५१ औं मिनेटमा लियाम वाल्करले रातोकार्ड पाएपछि जिब्राल्टर १० खेलाडीमा समेटिएको थियो ।

त्यसपछि खेलको ८२ औं मिनेटमा नाथनले व्यक्तिगत दोस्रो गोल गर्दै नेदरल्यान्ड्सलाई ३-० को जित दिलाए ।

नेदरल्यान्ड्सको यो पहिलो जित हो । समूह ‘बी’ को नेदरल्यान्ड्सले २ खेलमा ३ अंक जोडेको छ । जिब्राल्टरको यो लगातार दोस्रो हार हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका