जोडिनुहोस
  • होमपेज
  • युरोकप छनोट : स्विडेनको फराकिलो जित

युरोकप छनोट : स्विडेनको फराकिलो जित

काठमाडौं । युरोकप छनोटमा स्विडेनले फराकिलो जित निकालेको छ । सोमबार राति भएको खेलमा स्विडेनले अजरबैजानलाई ५-० गोल अन्तरले हराएको हो ।

खेलको ३८ औं मिनेटमा इमिल फोर्सवर्गले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।

अजरबैजानका मुस्ताफजादाले ६५ मिनेटमा आत्मघाती गोल गर्दा स्विडेनले २-० को अग्रता बनायो ।

७९ औं मिनेटमा भिक्टर ग्योकेरेर्सले गोल गर्दै स्विडेनलाई ३-० को अग्रता दिलाए ।

खेलको ८८ औं मिनेटमा जेस्पर कार्ल्सनले गोल गरेपछि स्विडेन ४-० ले अघि रह्यो ।

त्यसपछि खेलको ८९ औं मिनेटमा एन्थोनी एलेन्गाले गोल गर्दा स्विडेन ५-० ले विजजी भयो ।

स्विडेनको यो पहिलो जित हो । जितसँगै समूह एफ को स्विडेनले २ खेलमा ३ अंक जोडेको छ ।

लगातार दुई खेलमा हार व्यहोरेको अजरबैजानले अंक जोड्न सकेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका