जोडिनुहोस
  • होमपेज
  • देउवाले क–कस्लाई गरे नेपाल किसान महासंघको केन्द्रीय कार्यसमितिमा मनोनयन ?

देउवाले क–कस्लाई गरे नेपाल किसान महासंघको केन्द्रीय कार्यसमितिमा मनोनयन ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणेशचन्द्र तिमिल्सिनाको अध्यक्षतामा गठित नेपाल किसान महासंघ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा मनोनयन गरेका छन् ।

सभापति देउवाले आज आदर्श विक्रम कार्की, महेन्द्रभक्त अधिकारी,प्रभात आले, नम्रता बराल, प्रेमबहादुर घले, ईश्वर गिरी, डा. जितु उपाध्याय,भवानी कोइराला,विश्वराज घिमिरे, डा. धिरेन्द्र साह, कालु मेचे, जनार्दन अर्याल, विवेकानन्द झा, ऋचा लुईटेल, रमेश रावल, मनोज थापा, र विश्वनाथ दाहाललाई मनोनयन गरेका हुन् । नेपाल किसान महासंघ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा मनोनयन गरेको नेपाली कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पूर्ण विज्ञप्ती

चैत्र १४, २०७९ प्रेस विज्ञप्ति (नेपाल किसान महासंघ केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरुको मनोनयन) नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले श्री गणेशचन्द्र तिमिल्सिनाको अध्यक्षतामा गठित नेपाल किसान महासंघ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा देहायका व्यक्तिहरुलाई आज मनोनयन गर्नु भएको छ ।

मनोनयन हुनु भएका सदस्यहरु १. श्री आदर्श विक्रम कार्की, काठमाण्डौ २. श्री महेन्द्रभक्त अधिकारी, नवलपुर ३. श्री प्रभात आले, तनहुँ ४. श्री नम्रता बराल, कास्की ५. श्री प्रेमबहादुर घले, सुर्खेत ६. श्री ईश्वर गिरी, काठमाण्डौ ७. डा. जितु उपाध्याय, कैलाली ८. श्री भवानी कोइराला, सर्लाही ९. श्री विश्वराज घिमिरे, पर्सा १०. डा. धिरेन्द्र साह, महोत्तरी ११. श्री कालु मेचे, झापा १२. श्री जनार्दन अर्याल, गोरखा १३. श्री विवेकानन्द झा, सप्तरी १४. श्री ऋचा लुईटेल, बाँके १५. श्री रमेश रावल, डडेल्धुरा १६. श्री मनोज थापा, काठमाडौं १७. श्री विश्वनाथ दाहाल, काठमाडौं जय नेपाल !

कृष्णप्रसाद पौडेल

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका