जोडिनुहोस
  • होमपेज
  • गठबन्धनको बैठकमा कांग्रेसद्वारा ९ मन्त्रालयमा दाबी

गठबन्धनको बैठकमा कांग्रेसद्वारा ९ मन्त्रालयमा दाबी

काठमाडौँ । सत्ता गठबन्धनको बैठकमा नेपाली कांग्रेसले ९ वटा मन्त्रालयमा दाबी पेश गरेको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा कांग्रेसले ९ वटा मन्त्रालय पाउनुपर्ने दाबी पेश गरेको हो ।

यस्तै जसपा र नेकपा एकीकृत समाजवादीले ३–३ वटा मन्त्रालयमा आफ्नो दाबी पेश गरेको छ । यस्तै लोसपाले २ वटा मन्त्रालय मागेको एक नेताले बताए ।

बैठकमा आज दाबी प्रस्तुत गर्ने कार्यमात्रै भएको र बुधबार थप छलफल गरेर सहमतिमा पुग्ने गरी आजको बैठक सकिएको ती नेताको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका