जोडिनुहोस
  • होमपेज
  • बालुवाटार बैठकः प्रधानमन्त्री प्रचण्डद्धारा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश

बालुवाटार बैठकः प्रधानमन्त्री प्रचण्डद्धारा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश

काठमाडौं । मंगलबार बालुवाटारमा बसेको सत्तारुढ गठबन्धन बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा गरिएको छ ।

आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश गरेका हुन् । पेश भएको सो मस्यौदामाथि बुधबार बैठकमा छलफल हुने कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । उनका अनुसार आज पेश भएको न्यूनतम साझा कार्यक्रमको मस्यौदा भोली हुने बैठकमा छलफल हुने भएको छ ।

न्यूनतम साझा कार्यक्रममाथिको छलफल पश्चात मात्र मन्त्रिपरिषद विस्तारबारे छलफल हुने नेता लेखककोे भनाइ छ । मन्त्री परिषद विस्तारका लागि नेताहरुबीच मन्त्रालय भागभण्डाका विषयमा ठूलो विवाद नरहेको उल्लेख गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका