जोडिनुहोस
  • होमपेज
  • स्पेनमाथि स्कटल्याण्डको सानदार जित

स्पेनमाथि स्कटल्याण्डको सानदार जित

काठमाडौं । युरोकप छनोटमा स्कटल्याण्डले स्पेनमाथि सानदार जित निकालेको छ । मंगलबार राति भएको खेलमा स्कटल्याण्डले स्पेनलाई २-० गोल अन्तरले हराएको हो ।

स्कटल्याण्डको जितमा स्कट म्याकटोमिनेले दुई गोल गरे । खेलको सातौं मिनेटमा स्कटले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ५१ औं मिनेटमा स्कटले व्यक्तिगत दोस्रो गोल गर्दै स्कटल्याण्डलाई २-० को जित दिलाए ।

स्कटल्याण्डले ३९ वर्षपछि स्पेनलाई हराएको हो ।

छनोटमा स्कटल्याण्डको यो लगातार दोस्रो जित हो । जितपछि स्कटल्याण्डले २ खेलमा ६ अंक जोडेको छ ।

स्कटल्याण्ड समूह ए को शीर्ष स्थानमा रहेको छ । स्पेन ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका