जोडिनुहोस
  • होमपेज
  • अल्जारीको पाँच विकेटमा वेस्ट इन्डिजलाई सिरिज

अल्जारीको पाँच विकेटमा वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । पाहुना टोली वेस्ट इन्डिजले दक्षिण अफ्रिकाविरुद्धको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज जितेको छ ।

जोहन्सवर्गमा मंगलबार राती भएको तेस्रो तथा निर्णायक टी-ट्वान्टी ७ रनले जितेसँगै पाहुना टोलीले सिरिज आफ्नो पक्षमा पारेको हो ।

तीन खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज पाहुना टोलीले २-१ ले जितेको हो ।

वेस्ट इन्डिजले दिएको २ सय २१ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले २० ओभरमा ६ विकेट गुमाएर २ सय १३ रन मात्र बनायो ।

घरेलु टोलीका लागि ओपनर रिजा हेन्ड्रिक्सले ४४ बलमा ११ चौका तथा २ छक्काको सहयोगमा ८३ रनको अर्धशतकीय ईनिङ खेले ।

रिलि रोउसोले २१ बलमा ४२ रन बनाउँदा कप्तान एडम माक्ररम १८ बलमा ३५ रन बनाउँदै अविजित रहे ।

क्विटन डि कक २१ बलमा २१ तथा डेविड मिलर ११ रनमा आउट भए ।

पाहुना टोलीका लागि अल्जारी जोसेफले ४ ओभरमा ४० रन खर्चिएर ५ विकेट लिए । जेसन होल्डरले १ विकेट आफ्नो नाममा गरे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भ्रमणकारी टोलीले २० ओभरमा ८ विकेट गुमाएर २ सय २० रन बनाएको थियो ।

पाहुना टोलीका लागि रोमारियो शेफर्डले २२ बलमा २ चौका र ३ छक्काको सहयोगमा अविजित ४४ रन बनाए ।

निकोलस पुरनले १९ बलमा ४१ तथा ओपनर ब्रान्डन किंगले २५ बलमा ३६ रन बनाए ।

राइमन रिफर २७ रनमा रन आउट हुँदा ओपनर कायल मियर्स १७ रनमा आउट भए । जेसन होल्डर १३ तथा कप्तान रोभमन पावेल ११ रनमा आउट भए ।

घरेलु टोलीका लागि एनरिक नोर्किया,लुन्गि एन्गेडि र कागिसो रबाडाले समान २/२ तथा कप्तान एडम माक्ररमले १ विकेट लिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका