जोडिनुहोस
  • होमपेज
  • साउदी अरबमा बस दुर्घटना हुँदा २० जनाको मृत्यु

साउदी अरबमा बस दुर्घटना हुँदा २० जनाको मृत्यु

काठमाडौं– साउदी अरबमा बस दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ । सोमबार यमनको सिमानामा रहेको दक्षिणी प्रान्त असिरमा एउटा पुलमा ठोक्किएर बस दुर्घटना भएको हो ।

दुर्घटनामा अन्य २९ जना घाइते भएका छन् । मृत्यु हुनेमा सबैभन्दा बढी तीर्थयात्री रहेका छन् । उनीहरु उमराहका लागि मक्का जाँदै थिए ।
स्थानीय सञ्चारमाध्यमका अनुसार बसमा सवार यात्रु विभिन्न देशका थिए । उनीहरु कुन देशका हुन् भन्ने खुलाइएको छैन् । उमराह हज जस्तै एक मुस्लिम धार्मिक तीर्थयात्रा हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका