जोडिनुहोस
  • होमपेज
  • वैदेशिक रोजगारमा गएका श्रमिकका लागि आजबाट स्वास्थ्य परामर्श सुरु

वैदेशिक रोजगारमा गएका श्रमिकका लागि आजबाट स्वास्थ्य परामर्श सुरु

काठमाडौं– वैदेशिक रोजगारमा गएका श्रमिकका लागि सरकारले आज बुधबारबाट स्वास्थ्य परामर्श सुरु गर्ने भएको छ । सेवा आज बिहान १० बजेबाट सुरु हुनेछ । सेवा पूर्णरुपमा निशुल्क हुनेछ ।

वैदेशिक रोजगार बोर्डका अनुसार सार्वजनिक विदाका दिन बाहेक सबै दिनमा सेवा सञ्चालन हुनेछन् । सेवा लिन चाहने श्रमिकले ९८५१३४५७०१ र ९८५१३४५७०२ मा भाइवर, ह्वाट्स एम वा इमोमार्फत सम्पर्क गर्न सक्नेछन् ।

सेवा वीर अस्पतालबाट दिइनेछ । जसका लागि बोर्डले छुट्टै ‘डेडिकेटेड टिम’ बनाएको छ । टिममा मेडिकल अधिकृतसहित स्टाफ नर्सका टोली सहभागि हुनेछन् । उनीहरुले सेवाग्राहको स्वास्थ्य समस्या बुझ्नेछ । र, समस्या अनुसार चिकित्सक सिफारिस गर्नेछन् ।

बोर्डका प्रवक्ता राजन पौडेलले वैदेशिक रोजगारमा गएका श्रमिकका लागि आजबाट स्वास्थ्य परामर्श सुरु भएको बताए । उनले भने,‘वैैदिशक रोजगारमा रहेका श्रमिकका लागि आजबाट स्वास्थ्य परामर्श सुरु गरिएको छ । कार्यालय समयमा सेवाग्राहीले भाइवर, ह्वाट्स एम वा इमोमार्फत सम्पर्क गर्न सक्नेछन् । यसका लागि हामीले सम्पर्क नम्बर पनि सार्वजनिक गरेका छौं । सेवा बीर अस्पतालबाट प्रवाह हुनेछ ।’

बोर्डका अनुसार प्रत्येक वर्ष वैदेशिक रोजगारमा गएका १२ हजार ५ सय श्रमिकको विभिन्न स्वास्थ्य समस्याका कारण मृयु हुने गरेको छ । जसमध्ये ७५ प्रतिशत श्रमिकको मृत्यु नसर्ने रोगका कारण भएको छ । सोही समस्या समाधान गर्ने उदेश्यले स्वास्थ्य परामर्श सेवा सुरु गरिएको बोर्डका प्रवक्ता पौडेलले बताए ।

उनले भने,‘प्रत्येक वर्ष बैदेशिक रोजगारमा गएका मध्ये १५ हजार ५ सय श्रमिकले ज्यान गुमाउने गर्छन् । जसमध्ये ७५ प्रतिशत श्रमिकको मृत्यु नसर्ने रोगका कारण हुने गरेको देखिन्छ । यसलाई न्यूनिकरण गर्न बोर्डले स्वास्थ्य परामर्श सेवा सुरु गर्न लागेको हो । यो सेवा अब निरन्तर सञ्चालनमा आउनेछ ।’

बोर्डका अनुसार श्रमिमको कल वीर अस्पतालस्थित मेडिकल अधिकृतले उठाउने छन् । उनले श्रमिकको स्वास्थ्य समस्या बुझ्नेछन् । थप सेवा लिनु पर्ने अवस्था आएमा उनले स्वास्थ्य बिशेषज्ञ सिफारिस गर्नेछन् । सेवा केन्द्रमा आइतबार र शुक्रबार विशेषज्ञ टोली सहभागि हुनेछन् । उनीहरुले सेवाग्राहीले आवश्यकता अनुसार स्वास्थ्य परामर्श दिनेछन् । र, उनीहरुले आवश्यक औषधिको सिफारिस पनि गरिदिन सक्नेछन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत २ फागुनमा टेलिमेडिसिन सेवा सञ्चालन कार्यविधि, २०७९ स्वीकृत गरेको थियो । सोही कार्यविधि अनुसार बोर्डले सेवा सुरु गर्न लागेको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका