जोडिनुहोस
  • होमपेज
  • चैते दसैँ विन्ध्यवासिनीमा भक्तजनको घुइँचो

चैते दसैँ विन्ध्यवासिनीमा भक्तजनको घुइँचो

काठमाडौं । पोखराको प्रसिद्ध धार्मिकस्थल विन्ध्यवासिनी मन्दिरमा चैते दसैँ पर्वका अवसरमा आज बिहानदेखि भक्तजनको घुइँचो लागेको छ ।

मन्दिर दर्शन र पूजाआजाका लागि श्रद्धालुभक्तजन बिहान ४ बजेदेखि लामबद्ध थिए । मन्दिरमा पूजाका लागि नेपालीका साथै भारतबाटसमेत भक्तजन सहभागी भएको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले जनाएको छ ।

मन्दिरमा लाइनमा बस्न नसक्नेहरुले बाहिरबाटै दर्शन तथा टीका ग्रहण गरिरहेका जानकारी दिँदै उक्त समितिका कोषाध्यक्ष इन्द्रप्रसाद अधिकारीले चैते दसैँको अवसर पारी टाढाटाढाबाट आएका भक्तजनले श्रद्धापूर्वक दर्शन गरिरहेको उल्लेख गरे ।

पछिल्लो समय भारतीय भक्तजनको सङ्ख्या बढेको र उनीहरु विन्ध्यवासिनी मन्दिर दर्शन गरेर मुक्तिनाथसम्म पुग्ने गरेका छन् । अधिकारीका अनुसार बिहीबार रामनवमी दिन बिहान ८ देखि ११ बजेसम्म मर्यादा पुरुषोत्तम श्रीरामका बारेमा स्वामी डा यतिराज आचार्यबाट विशेष प्रवचन हुनेछ ।

विन्ध्यवासिनीसँगै तालबाराही, भद्रकाली, लामाचौरको अकला मन्दिरलगायत धार्मिकस्थलमा भक्तजनको बाक्लो उपस्थिति रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका