जोडिनुहोस
  • होमपेज
  • प्राङ्गारिक मल प्रयोग गर्न सुझाव

प्राङ्गारिक मल प्रयोग गर्न सुझाव

काठमाडौं । तुलसीपुरमा माटोको जाँच गर्दा पिएच अम्लिय छ दशमलव तीन भन्दा कम रहेको पाइएकाले बालीमा प्राङ्गारिक मल प्रयोग गर्न सुझाव दिइएको छ । उपमहानगरपालिकाका विभिन्न स्थानको करिब सात सय ५० नमूनाको परीक्षण गर्दा माटोको अम्लियपन छ दशमलव तीन भन्दा कम रहेको पाइएको हो ।

तुलसीपुर उपमहानगरपालिका कृषि महाशाखा प्रमुख धनराज गौतमले अहिले तुलसीपुरका माटोको अम्लियपन छ दशमलव तीन भन्दा कम रहेकाले उत्पादन घटिरहेको भन्दै प्राङ्गारिक मल हाल्न सुझाव दिएको बताए । “अहिले तुलसीपुरको माटोको अम्लियपन घटिरहेको छ । यसले उत्पादन पनि घटिरहेको छ”, उनले भने ।

प्रमुख गौतमले माटोमा नाइट्रोजन, प्राङ्गारिक पदार्थ, फसफोरसको मात्रा कमी रहेको पाइएको बताए । पोटासको मात्रा मध्यम रहेकाले सिफारिस गरेको मात्राका आधारमा मात्रै प्रयोग गर्नुपर्ने उनको भनाइ छ । प्रमुख गौतमका अनुसार जति सिफारिस गरिएको छ, त्यति मात्रै चुन प्रयोग गर्नुपर्ने, प्राङ्गारिक मल एक हजार केजी प्रतिकट्ठा मात्रै प्रयोग गर्नुपर्छ । “बिरुवालाई विभिन्न १६ खाद्य तत्व आवश्यक पछ्र्र तर रासायनिक मलले तीन किसिमका तत्व मात्रै प्रदान गर्ने भएकाले प्राङ्गारिक मलको प्रयोग बढाउनुपर्ने छ”, उनले भने ।

उपमहानगरपालिकाका १९ वटै वडामा माटोको परीक्षण गरिएको हो । माटोमा अम्लियपन बढाएर छ दशमलव पाँच पुर्‍याउनका लागि प्राङ्गारिक मल हाल्न सुझाव दिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका