जोडिनुहोस
  • होमपेज
  • यसरी टुंगियो मन्त्रालयको भागवण्डा, कसको भागमा कति ?

यसरी टुंगियो मन्त्रालयको भागवण्डा, कसको भागमा कति ?

काठमाडौं । सत्ता साझेदार १० दलको बैठकले भोलि बिहीबार साँझसम्ममा मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय गरेको छ । बुधबार दोस्रोपटक बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा सहभागी जसपा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठका अनुसार लगभग मन्त्रालय भागबन्डामा सहमति भइसकेकाले भोलि बेलुकीसम्म मन्त्रिपरिषदले पूर्णता पाउने जानकारी दिएका हुन् ।

बैठकपछि पत्रकारहरूसँग उनले भने, ‘मन्त्रालय भागबन्डा लगभग टुंगिएको छ । भोलि बेलुकीसम्म मन्त्रिपरिषद बिस्तार हुन्छ ।’ उनका अनुसार दलहरू प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मन्त्रीहरूको नाम बुझाउनेसमेत सहमति भएको छ । मन्त्रिपरिषद विस्तारबारे बुधबार बिहान पनि गठबन्धनको बैठक बसेको थियो ।

बालुवाटारमा बसेको बैठकमा सरकारमा सहभागी हुने ९ दलबीच सहमति भएको हो । सहमतिअनुसार कांग्रेस ८, माओवादीलाई प्रधानमन्त्रीसहित ५, नेकपा एस २, जसपालाई २, जनमतलाई एक राज्यमन्त्रीसहित २, लोसपा १, उन्मुक्तिलाई १, आम जनता पार्टीलाई १ र नेसपालाई १ मन्त्रालय दिने सहमति भएको बताए ।

उनले भने, ‘गठबन्धनमा रहेका ९ दलबीच २१ वटै मन्त्रालयको बाँडफाँट भइसक्यो । रास्वपालाई भाग छुट्याउने भन्नेबारेमा कुनै छलफल भएको छैन ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका