जोडिनुहोस
  • होमपेज
  • मन्त्री र उम्मेदवार छान्न कांग्रेस बैठक बस्दै

मन्त्री र उम्मेदवार छान्न कांग्रेस बैठक बस्दै

काठमाडौँ— नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ।

बिहीबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यसम्पादन समिति बैठक बस्ने तयारी छ।

सरकारमा जाने मन्त्रीहरू छान्ने र उपनिर्वाचनका लागि उम्मेदवार तय गर्नेबारे कार्यसम्पादन समिति बैठकमा छलफल गरिने एक पदाधिकारीले बताए। तनहुँ १, चितवन २ र बारा २ मा वैशाख १० मा हुने उपनिर्वाचनका लागि यही चैत २० मा उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ।

कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सरकारमा सहभागी हुने निर्णय गर्दै गत चैत ६ गते विश्वासको मत दिएको थियो।

कांग्रेसले उपप्रधानमन्त्रीसहित ८ मन्त्री पाउने भएको छ। योग्यता, क्षमता, प्रादेशिक सन्तुलन र समावेशी सिद्धान्तसमेत ख्याल गर्दै मन्त्री छान्ने मापदण्ड यसअघि नै बनेको थियो। सोही आधारमा आज मन्त्री छान्ने तयारी छ।

कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागि हुने तयारी गरेको छ।

दलहरूले आज प्रधानमन्त्री दाहाललाई मन्त्रीको नाम बुझाएमा आज बेलुकीसम्म मन्त्रिपरिषद बिस्तार हुने सम्भावना छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका