जोडिनुहोस
  • होमपेज
  • अस्ट्रेलियामा यस वर्ष ५० लाख कङ्गारु मारिने

अन्तर्राष्ट्रिय

अस्ट्रेलियामा यस वर्ष ५० लाख कङ्गारु मारिने

  • Sagarmatha TV
  • बिहिबार, चैत्र १६, २०७९
अस्ट्रेलियामा यस वर्ष ५० लाख कङ्गारु मारिने

अस्ट्रेलिया सरकारले यस वर्ष ५० लाख कङ्गारु मार्ने कोटा निर्धारण गरेको छ । हरेक वर्ष कोटा निर्धारण गरेर कङ्गारु मार्दै आएको अस्ट्रेलियाले यस वर्षका लागि ५० लाख कोटा निर्धारण गरेको सीएनएनले जनाएको छ ।

अहिले अस्ट्रेलियामा कङ्गारुको सङ्ख्या तीन करोड ६५ लाख रहेको सरकारी तथ्याङ्क छ । कङ्गारुको सङ्ख्या हरेक वर्ष १० प्रतिशतभन्दा धेरैले बढ्दै आएको छ । कङ्गारु संसारमै अस्ट्रेलिया र पपुवा न्युगिनीमा मात्र पाइन्छ । पपुवा न्युगिनीमा भने तीन सयदेखि पाँच सयको सङ्ख्यामा मात्रै रहेकाले कङ्गारु मार्न पाइँदैन । अस्ट्रेलियाले जग्गाधनीहरूलाई कङ्गारु मार्ने अनुमति दिँदै आएको छ ।

अस्ट्रेलियाले कङ्गारुको छाला र मासु बेचेर वर्षमा १३ करोड अमेरिकी डलरभन्दा धेरै आम्दानी गर्दै आएको छ । अधिकारवादी संस्थाले कङ्गारु मार्ने कामको विरोध गर्दै आएको भए पनि अस्ट्रेलियाले भने कङ्गारुको सङ्ख्या नियन्त्रणका लागि मार्नुबाहेक अरू उपाय नभएको बताउँदै आएको छ ।

बालीनाली नष्ट गर्नुका साथै अरू जनावरहरूलाई पनि मार्ने हुनाले कङ्गारु मार्नु परेको अस्ट्रेलिया सरकारको दाबी छ । अस्ट्रेलियाका धेरै ग्रामीण बस्तीमा मानिस र कङ्गारुबीच चर्को द्वन्द्व रहँदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका