जोडिनुहोस
  • होमपेज
  • विश्वकप छनोट प्लेअफ : आज दुई खेल हुदै

विश्वकप छनोट प्लेअफ : आज दुई खेल हुदै

काठमाडौं । नामिबियामा जारी रहेको आईसीसी विश्वकप छनोट प्लेअफ प्रतियोगितामा आज बिहिबार दुई खेल हुदैछ।

नामिबियाको विन्डोकमा रहेको वन्डुरस र युनाईटेड क्रिकेट मैदानमा समान १/१ खेल हुदैछ ।

वन्डुरस क्रिकेट मैदानमा हुने खेलमा जर्सी र नामिबियाबीच खेल हुदैछ ।

प्रतियोगितामा तेस्रो खेल खेल्न लागेका घरेलु टोली १ जितका साथ ६ राष्ट्र सहभागी प्रतियोगिताको चौथो स्थानमा रहेको छ ।

पहिलो खेलमा पराजित जर्सी पहिलो जितको खोजीमा रहेको छ । अंकबिहिन जर्सी पाँचौ स्थानमा रहेको छ ।

आज नै हुने अर्को खेलमा युएई र अमेरिका खेल्दै छन् । खेल युनाइटेड मैदानमा हुनेछ ।

दोस्रो खेल खेल्न लागेको युएई भने पहिलो खेलमा जितका साथ तेस्रो स्थानमा रहेको छ । युएई जितको लयलाई आजको खेलमा पनि निरन्तरता दिन चाहन्छ ।

आफ्नो तेस्रो खेल खेल्न लागेको अमेरका दोस्रो जितको खोजीमा रहेको छ । अमेरिका २ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

दुवै खेल नेपाली समय अनुसार दिउँसो सबा १ मा सुरु हुनेछ ।

प्रतियोगितामा ६ टोलीको सहभागीता रहेको छ । प्लेअफमा आईसीसी विश्वकप लिग टू का पुछारका चार टोलीसँगै आईसीसी विश्वकप च्यालेन्ज लिग ए र बी का विजेता राष्ट्रहरुको सहभागीता रहेको छ ।

लिग टू मा नामिबिया चौथो, अमेरिका पाँचौं, युएई छैटौं र पपुवा न्युगिनी पुछारमा रहँदै प्लेअफमा रहेका छन् । प्लेअफमा च्यालेन्ज लिग ए र बी का विजेता जर्सी र क्यानडा पनि रहेका छन् ।

सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउनेछन् । विश्वकप छनोट खेलका लागि नेपाल भने छनोट भईसकेको छ ।

त्यस्तै पुछारका दुई टोली युएई र पीएनजीले भने प्लेअफमार्फत एकदिवसीय अन्तराष्ट्रिय मान्यता जोगाउनु पर्नेछ ।

प्लेअफ प्रतियोगिताका सबै खेल एकदिवसीय अन्तराष्ट्रिय मान्यता प्राप्त हुनेछन् ।

प्लेअफमा अमेरिका र नामिबियाले जुनसुकै स्थान हासिल गरेपनि एकदिवसीय अन्तराष्ट्रिय मान्यता जोगाइसकेका छन्।

युएई र पीएनजीले एकदिवसीय अन्तराष्ट्रिय मान्यता जोगाउन भने क्यानडा र जर्सीभन्दा माथि रहेर प्लेअफको अन्त्य गर्नुपर्ने हुन्छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका