जोडिनुहोस
  • होमपेज
  • एक–दुई हप्तामै गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणको काम सुरु हुन्छः प्रधानमन्त्री

एक–दुई हप्तामै गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणको काम सुरु हुन्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम एक दुई हप्तामै सुरु हुने बताएका छन् ।

भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यासपछि बोल्दै प्रधानमन्त्री प्रचण्डले एक–दुई हप्तामा निर्णय गरेर क्रिकेट रंगशाला निर्माणको काम सुरू गर्ने बताएका हुन् ।

‘त्यो क्रिकेट रंगशालाको विषयमा मलाई लाग्छ एक हप्ता या दुई हप्ताभित्र सबै समस्या समाधान हुन्छ र निर्माण कार्य अगाडि बढ्छ । यो कुरामा म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु,’ उनले भने । भरतपुरमा बनिरहेको रंगशाला आर्थिक अभावका कारण अलपत्र बनेको छ ।

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’को नेतृत्वमा धुर्मुस–सुन्तली फाउण्डेशनले बनाएको रंगशालाको काम २०७८ सालको साउन देखि रोकिएको छ ।

करिब १८ करोड रुपैयाँ उधारो तिर्न नसकेपछि कट्टेलले भरतपुर महानगरपालिकालाई रंगशालाको स्वामित्व हस्तान्तरण गरेका थिए । तर उक्त उधारो कसरी तिर्ने भन्ने विषयमा अन्यौल हुँदा निर्माणको काम अघि बढ्न सकेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका