जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री प्रचण्ड शीतल निवासमा

प्रधानमन्त्री प्रचण्ड शीतल निवासमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीतल निवास पुगेका छन् ।  राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्रीको अहिले भेटवार्ता भइरहेको छ ।

आज केही मन्त्री थपेर क्याबिनेट विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ । भागबन्डा मिलिसकेका दलसँग उनले दिउँसो १ बजेसम्म मन्त्रीको नाम मागेका छन् ।

आजै अपरान्ह नयाँ मन्त्रीको शपथ गराउने गरी गृहकार्य भइरहेको बेला प्रधानमन्त्री मन्त्रिपरिषद् विस्तार, शपथलगायतका विषयमा परामर्शका लागि राष्ट्रपति भेट्न शीतलनिवास पुगेको निकट स्रोतले बताएको बताएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका