जोडिनुहोस
  • होमपेज
  • अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरूद्ध फौजदारी अभियोग

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरूद्ध फौजदारी अभियोग

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि २०१६ को राष्ट्रपतीय चुनावअघि एक जना पोर्न स्टार महिलालाई अवैध रकम दिएको अभियोग लगाइएको छ ।

न्युयोर्कस्थित म्यानहट जिल्ला महान्यायाधीवक्तको कार्यालयले ट्रम्पमाथि यस्तो अभियोग दर्ता गरेको हो । अमेरिकी इतिहासमा कुनै पनि राष्ट्रपतिमाथि फौजदारी अभियोग लागेको यो पहिलो घटना हो । सन् २०१६ को राष्ट्रपतीय चुनाव अघि पोर्न स्टार स्टर्मी डेनियललाई अवैध रकम दिएको विषयमा ट्रम्पमाथि मुद्दा चलाइने भएको हो ।

तर ट्रम्पमाथि के कस्ता आरोप लगाइएको छ र उहाँ विरुद्ध कस्तो सजाय माग गरिएको छ भन्ने खुलाइएको छैन । हाल फ्लोरिडामा बस्दै आउनुभएका ट्रम्प पक्राउ पर्न सक्ने वा उहाँ आफैं बयानका लागि अदालतमा उपस्थित हुन सक्ने अनुमान गरिएको छ ।

सन् २०२४ को निर्वाचनमा फेरी उम्मेदवार बन्ने दौडमा रहनुभएका ७६ वर्षीय ट्रम्प र उहाँको रिपब्लिकन पार्टीले भने आरोप अस्वीकार गर्दै आएको छ । रिपब्लिकन पार्टीले हंगेरियन मूलका अर्बपति जर्ज सोरसले सञ्चालन गर्ने ओपन सोसाइटी नामक गैरसरकारी संस्थाको प्रभावमा परेर ट्रम्प विरुद्ध अभियोग लगाएको आरोप समेत लगाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका