जोडिनुहोस
  • होमपेज
  • देउवाले २ मन्त्रालय मात्रै दिने भएपछि शेखर समूह असन्तुष्ट

देउवाले २ मन्त्रालय मात्रै दिने भएपछि शेखर समूह असन्तुष्ट

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले सरकारमा आफ्नो पक्षको सहभागिता सम्मानजनक नभएसम्म मन्त्रीको नाम नदिने निर्णय गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले २ जना मन्त्रीको नाम मागेपछि शुक्रबार बिहान बसेको डा। शेखर कोइराला समूहको पदाधिकारी बैठकले सम्मानजनक सहभागिता नभएसम्म मन्त्रीको नाम नदिने निर्णय गरेको हो ।

९ दलीय सत्ता गठबन्धनमा नेपाली कांग्रेसले ८ मन्त्रालय पाएको छ। तर देउवाले २ जनाको मात्रै नाम मागेपछि शेखर समूह असन्तुष्ट बनेको हो । कांग्रेस सहमहामन्त्री जीवन परियारले सभापति देउवाको उक्त प्रस्ताव स्वीकार्य नहुने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका