जोडिनुहोस
  • होमपेज
  • उपचुनावपछि रवि लामिछाने र रमेश खरेलको पार्टी मर्ज हुने

उपचुनावपछि रवि लामिछाने र रमेश खरेलको पार्टी मर्ज हुने

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र रमेश खरेल नेतृत्वको सुशासन पार्टीबीच एकता हुने भएको छ । यी दुई पाटीबीच आगामी बैशाख १० गते हुने उपनिर्वाचनपछि पार्टी एकता हुने भएको हो ।

खरेलको राजनीति अब रास्वपाबाटै अघि बढ्ने र सुशासन पार्टीमा रहेका नेताहरूलाई पनि रास्वपामा समायोजन गर्ने समझदारी भएको रास्वपाका प्रवक्ता डा। मुकुल ढकालले जानकारी दिए ।

उनका अनुसार रास्वपा र सुशासन पार्टीबीच औपचारिक सम्झौता भने उपनिर्वाचनपछि हुनेछ । खरेल रास्वपाबाट बारा–२ मा उम्मेदवार बन्दैछन् । उनले शुक्रबार बिहान रास्वपाबाट बारा–२ बाट उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् ।

त्यस्तै नेपाली कांग्रेस त्यागेर युवा अर्थशास्त्री डा. स्वर्णिम वाग्ले पनि रास्वपा प्रवेश गरेका छन् । उनी तनहुँ १ मा रास्वपाबाट उपनिर्वाचन लड्दैछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका