जोडिनुहोस
  • होमपेज
  • अर्थतन्त्रलाई सुधार गरेरै छाड्छौंः अर्थमन्त्री महत

अर्थतन्त्रलाई सुधार गरेरै छाड्छौंः अर्थमन्त्री महत

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक समस्याबाट निकासका लागि सम्पूर्ण राज्य संयन्त्र लाग्ने बताएका छन् । शुक्रबार पद तथा गोपनियताको शपथ पछि मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

पदभार ग्रहणपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिंदै उनले मस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गरेरै छाड्ने दाबी गरे ।

उनले भने, ‘अर्थतन्त्रको समस्याबाट निकासका लागि सम्पूर्ण राज्य संयन्त्र लाग्नेछ, समस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गरेरै छाड्छौं ।’

साधारण खर्च कटौती गर्ने, प्राथमिकीकरण गरेर मात्रै सरकारले खर्च गर्ने पनि उनले बताए । सरकारले खर्च गर्न सक्ने क्षमता बढाउने भन्दै उनले भने लगानी भित्र्याएर राजस्वको दायरा बढाउने बताए । राजश्व र कर संकलनका लागि सरकारले करकाप नगर्ने पनि मन्त्री महतले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका