जोडिनुहोस
  • होमपेज
  • जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी

जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी

अबु धाबी– संयुक्त अरब इमिरेट्स (युएई) जी–२० अन्र्तगत भएको दोस्रो पूर्वाधार कार्य समूहको बैठकमा सहभागी भएको थियो । बैठकमा जी–२० सदस्य राष्ट्रहरू, आमन्त्रित देशहरू र अन्तर्राष्ट्रिय संगठनहरू सहभागी थिए।

युएईको प्रतिनिधिमण्डलमा अर्थ मन्त्रालयका नीति, नियम र प्रक्रिया प्रमुख आमना अलसाम्सी र अर्थ मन्त्रालयको कर सूचना शाखाको आदानप्रदान प्रमुख अस्मा अल जरुनी सहभागी थिए ।

पूर्वाधार कार्य समूहको बैठकमा शहरी पूर्वाधार निर्माण, निजी वित्तपोषण लगायतका विषयमा छलफल भएको थियो ।

सदस्यहरूले भोलिको भविष्यका सहरहरू निर्माण गर्न आवश्यक प्राविधिक र व्यवस्थापकीय क्षमताहरूको बारेमा पनि आफ्ना विचारहरू राखेका थिए । । थप रूपमा, सदस्यहरूले निकट भविष्यमा शहरहरूले ल्याउने चुनौती र अवसरहरूबारे छलफल गरे र भविष्यका शहरहरूको जीवनयापन सुनिश्चित गर्न स्पष्ट दिशा निर्धारण गर्ने महत्त्वलाई जोड दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका