जोडिनुहोस
  • होमपेज
  • जलवायुजन्य जोखिमबारे थप अध्ययन आवश्यक

जलवायुजन्य जोखिमबारे थप अध्ययन आवश्यक

काठमाडौं । जलवायुजन्य विपद् जोखिम गर्ने हिसाबले नेपाल विश्वमा अग्रसूचीमा पर्ने भएकाले जलवायुजन्य हानिनोक्सानीको अध्ययन, मापन तथा क्षतिपूर्तिबारे थप अध्ययन र अनुसन्धान गर्न आवश्यक रहेको विज्ञको सुझाव छ ।

गत वर्ष इजिप्टमा सम्पन्न जलवायुसम्बन्धी संयुक्त राष्ट्र संघीय २७औं सम्मेलनन ९कोप २७०ले जलवायुजन्य हानिनोक्सानीका लागि छुट्टै कोषको स्थापना गर्ने निर्णय गरेको र यस विषयमा हाल विश्वभर बृहत् छलफल भइरहेको सन्दर्भमा नेपालको तयारी झन् महत्वपूर्ण रहेको उनीहरूको धारणा छ ।

जलवायुजन्य क्षति तथा नोक्सानीको वैश्विक बहस तथा नेपालको तयारीका सम्बन्धमा वन तथा वातावरण मन्त्रालय एवं राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र अक्सफोर्ड पोलिसी मेनेजमेन्ट नेपालको संयुक्त आयोजनामा शुक्रबार आयोजित अन्तरक्रिया कार्यक्रममा विज्ञ तथा सम्बद्ध अधिकारीले उक्त धारणा व्यक्त गरेका हुन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन काउन्सिलका विशेषज्ञ सदस्य डा गंगालाल तुलाधारले यस विषयमा उच्चस्तरको राजनीतिक प्रतिबद्धता आवश्यक रहेको बताए ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका