जोडिनुहोस
  • होमपेज
  • एसईई परीक्षा केन्द्र वरिपरि मदिरा बेच्न रोक

एसईई परीक्षा केन्द्र वरिपरि मदिरा बेच्न रोक

बैतडी – बैतडीको मेलौली नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा ९एसईई०को केन्द्र तोकिएका विद्यालय वरिपरिका क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको छ ।

शुक्रबार सुरु भएको एसईईलाई मर्यादित वातावरणमा सम्पन्न गर्नका लागि मणिलेक मावि काँडा, दुर्गा मावि खलिगाड र विजयपुर मावि तितावै आसपासका क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको नगर प्रमुख भीमबहादुर चन्दले बताए। ती क्षेत्रहरुमा परीक्षा अवधिभर कसैले मदिराको कारोबार गरेमा कानुन अनुसार कारबाही गरिने नगरपालिकाले चेतावनी दिएको छ ।

यस्तै परीक्षाको अवधिमा दैनिक उपभोग्य वस्तु तोकिएको दररेट भन्दा बढीमा बिक्री नगर्न आग्रह गरिएको छ। कसैले तोकिएको दररेट भन्दा बढीमा उपभोग्य वस्तु बिक्री गरेमा कारबाही हुने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका