जोडिनुहोस
  • होमपेज
  • कार दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

कार दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

सप्तरी – सप्तरीमा कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा अरू तीन जना घाइते भएका छन् ।

शुक्रबार हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर–१ कंकालिनी मन्दिर र कोशी ब्यारेजको बीचमा टायर पन्चर भएर अनियन्त्रित भई कार दुर्घटना भएको हो । दुर्घटनामा सुनसरी इनरुवा नगरपालिका–५ का ६५ वर्षीय लीलाबहादुर कार्कीको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका तीन जनाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका